३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

इमान्दार पार्टी राप्रपा हो, भोट दिनुस् : मनिषा कोइराला



कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा प्रशिद्ध अभिनेत्री मनिषा कोइरालाले सम्बोधन गरेकी छन् । राप्रपाको पोखराको पृथ्वीचोकमा आयोजित चुनावी सभालाई कोइरालाले सम्बोधन गरेकी हुन् ।

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी मनिषाले इमान्दार पार्टी राप्रपा भएकाले भोट दिन आग्रह गरिन् । आफ्नो स्वास्थ्यले साथ नदिएको बताउँदै उनले छोटो सम्बोधन गरेकी थिइन् ।

मनिषाले राजेन्द्र लिङ्देनले नेतृत्व गरेको पार्टी मन परेकाले आफूले पनि साथ दिएको बताइन् । राप्रपाले बीपी विचारलाई पछ्याएको बताउँदै भनिन्, ‘मैले राजेन्द्र लिङ्देनको भाषण सुनिरहेको छु । मलाई उनको भाषण निकै घत लाग्दछ । जब नेताहरु गाउँ पुग्छन्, गाउँमा चोर आयो भन्छ भन्ने शब्द मलाई साह्रै मन पर्‍यो ।’

अन्य पार्टीका नेताहरुले वचन दिने, आशा दिने कार्य मन नपरेकाले राप्रपा नै ठीक लागेको उनले बताइन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ५ : १८ बजे