बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

काठमाडौं २ मा कपोकल्पित र भ्रामक अंकगणितप्रति कुन्तीको कडा प्रतिवाद



काठमाडौं । यतिबेला देशैभर आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढेको छ । त्योसँगै काठमाडौं २ को निर्वाचनको माहोल पनि तातिएको छ । तत्कालीन एमाले नेता माधवकुमार नेपालले पनि हार व्यहोरेको र अहिले राप्रपाकी चर्चित नेतृत्व कुन्ती पोख्रेलको उम्मेदावरी भएका कारण पनि काठमाडौं क्षेत्र नं २ चर्चामा रहेको हो । यस क्षेत्रमा राप्रपाले पार्टीकी लोकप्रिय नेतृ कुन्तीदेवी पोख्रेललाई उठाएको छ भने सत्तागठबन्धनले ओनसरी घर्तीलाई रोल्पाबाट ल्याएर उठाएको छ ।

त्यसैगरी एमालेले मणिराम फुयाललाई पठाएको छ । त्यसकारण पनि काठमाडौं क्षेत्र नं. २ को निर्वाचन पेचिलो बन्दै गएको हो । अहिले चर्चित क्षेत्रमा सम्पन्न स्थानीय निर्वाचनको आँकडा ल्याएर विभिन्न अंकगणित देखाउने गरिएको छ । यसबीचमा राप्रपाकी उम्मेदवार कुन्ती पोख्रेलले विभिन्न तरिकाले आफूविरुद्ध चुनावको कपोकल्पित र भ्रामक अंकगणित देखाएर प्रचार गरिएकोप्रति कडा शब्दमा प्रतिवाद गरेकी छिन् ।

उनले ‘मेरा हजुर बुबाले सुका मानु घिउ खाएका थिए’ भन्ने उक्तिलाई चरितार्थ गर्दै पहिलाको निर्वाचनको आँकडा ल्याएर अंकगणित देखाइ भ्रम छर्न खोजिएको भन्दै आपत्ति जनाएकी हुन् । उसो त गत स्थानीय चुनावमा यो क्षेत्रमा नगरप्रमुख र वडाअध्यक्षहरूले पाएको मतमा दलगत रूपमा एमाले अगाडि देखिएको छ ।

उक्त चुनावमा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२९, नेकपा (एकीकृत समाजवादी) ले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र नेकपा (माओवादी केन्द्र)ले ३ हजार १३१ मत प्राप्त गरेका थिए । स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार मानेर अंकगणित निकालिएको हो भने त्यो संघ र प्रदेश निर्वाचनमा लागु नहुन सक्छ ।

किन भने स्थानीय निर्वाचनमा उम्मेदवारको नातासाइनो, स्थानीय रुपमा लोकप्रिय व्यक्तित्व, मिलनसार र सहयोगी भावना जस्ता व्यक्तिगत आकर्षणले पनि भोट आएको हुनसक्छ । त्यस्ता भोट केन्द्रीय र प्रदेश निर्वाचनमा प्रतिनिधित्व गर्ने उम्मेदवारलाई नआउन सक्छ । त्यसैले एमालेकोतर्पmबाट स्थानीय जनप्रतिनिधिले प्राप्त गरेको मत केन्द्र र प्रदेशलाई नआउन सक्छ । नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले स्थानीय तहमा प्राप्त गरेको मत संघ र प्रदेश निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सर्लक्क आउँछ भन्ने एकिन छैन ।

राप्रपाको पनि भोट पनि त्यति मात्रै हुन्छ भन्ने छैन । यो निर्वाचनमा दोहोरिएर उम्मेदवार बनेका र निर्वाचन क्षेत्र परिवर्तन गरेर आएका उम्मेदवारलाई भोट नदिने मतदाताको भनाइ सुन्दा पनि त्यो अंकगणितले काम काम गर्ने देखिँदैन ।
यस क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेकी ओनसरी घर्ती बाहिरबाट क्षेत्र परिवर्तन गरेर आएकी हुन् । एमालेबाट उम्मेदवार बनेका मणिराम फुयाल पनि प्रदेश सांसद् भइसकेका व्यक्ति हुन् ।

यस हिसाबले हेर्दा यी ठूला दल र गठबन्धनका उम्मेदवारहरुप्रति खासै जनआकर्षण देखिँदैन । राप्रपाबाट उम्मेदवार बनेकी कुन्ती पोख्रेल भने समाजसेवामार्फत यो क्षेत्रका जनतासँग राम्रो घुलमिल गरेकी र समस्याका बेला सहयोग गरेकी व्यक्ति हुन् । त्यसले पनि गठबन्धनका कारण कांग्रेसबाट रुष्ट भएका मतदाता र एमालेबाट बिच्किएका मतदाता कुन्तीको पक्षमा खुलेका कारण पनि उनको तातिएको देखिन्छ ।

यसपालिको निर्वाचनमा दल र उम्मेदवारको ‘हाइट’ भन्दा पनि नयाँ अनुहार र स्थानीय व्यक्तिप्रति जनआकर्षण ह्वात्तै बढेको हो । त्यसलाई आधार मान्दा समाजसेवामार्फत यस क्षेत्रका जनतामाझ काम गर्दै आएकी राप्रपाकी कुन्ती पोख्रेलले काठमाडौं २ मा बाजी मार्ने देखिन्छ । यसैपनि यो निर्वाचनमा राप्रपाको भोट बढ्दै छ । त्यसमा कुन्ती उद्यमी, व्यवसायी, समाजसेवी र जनतामाझ स्वच्छ छवि भएका कारण पनि जित उनकै पक्षमा जाने देखिन्छ ।

यसकारण राप्रपाको भोट बढ्न सक्छ :
अहिले पुराना दलका उम्मेदवारहरुमा खासै जनआकर्षण देखिँदैन । किन भने कुन्तीको प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरु कुनै न कुनै लाभको पदमा पुगिसकेका छन् । उनीहरु हिजो पदमा पुग्दा जनताबीच राम्रो काम गरेका छैनन् । यतिबेला पुराना दलका नेताहरुमा खाली व्यक्तिगत स्वार्थमा लिप्त भएको, जनताको काम नगरेको, भ्रष्टाचार, अनियमितता र नातावाद, कृपावाद र परिवारवादमा लागेको लगायतका आरोप छन् ।

त्यसमा पनि दोहोरिएर आउनेहरुप्रति जनता पुरै नकारात्मक भएको पाइन्छ । त्यो आधारमा पनि राप्रपाकी कुन्ती पोख्रेल अहिलेसम्म कुनै लाभको पदमा नपुगेको पार्टीभित्र पनि सर्वाधिक मत पाएर केन्द्रीय सदस्य निर्वाचित भएको कारणले पनि उनको आकर्षण बढेको हो । फेरि अहिलेका जनता हिजोको जस्तो उधारो आश्वासन मान्नेवाला छैनन् । उनीहरु चाहन्छन् पार्टी जुनसुकै होस् तर नेतृत्व गर्ने नयाँ व्यक्ति जो आफूमाझ आएर काम गरोस् ।

यहाँको अंक गणित यस्तो छ तर कुन्ती पोख्रेलले यो पटक कांग्रेसबाट असन्तुष्ट रहेका मतदाताले सिद्धान्तसँग नजिक रहेकाले राप्रपालाई भोट दिने सम्भावना बढेर गएको छ । त्यसैगरी यो क्षेत्र धार्मिक तीर्थस्थलले महत्वपूर्ण भएको र हिन्दू धर्मको नारा उचालेकाले पनि राप्रपाकी कुन्ती पोख्रेलले विभिन्न पार्टीको आस्था बोकेका हिन्दू धर्माबालम्बीहरुले पनि कुन्तीलाई मत दिने देखिएको छ । उता धर्मनिरपेक्षादेखि रुस्ट रहेका मतदाताहरु पनि गठबन्धनका उम्मेदवार ओनसरी जो धर्मनिरपेक्षको पक्षपाती छन् उनलाई नदिने देखिन्छ ।

अर्को काठमाडौं २ नम्बर क्षेत्रमा पटक–पटक बाहिरबाट क्षेत्र परिवर्तन गर्दै आएका उम्मेदवारले चुनाव जित्ने अनि जनताका पीरमर्का बुझ्न एकपटक फर्केर नआएका कारण पनि धेरै भोटर रुस्ट भएकाले त्यो बिच्किएको भोट पनि राप्रपाकी कुन्तीलाई आउने देखिएको छ । यी परिदृश्यको आँकलन गर्दै राप्रपाकी उम्मेदवार कुन्ती भन्छिन्, ‘यो पटक राप्रपाको मत स्थानीय चुनावको भन्दा तेव्वर भइसकेको छ । तेव्वर हुँदा करिव २१ हजार हाराहारी हो । यो सबै पार्टीबाट आउने भोट हो । यसमा नेपाली कांग्रेसबाट असन्तुष्ट भोट आउँदा हामीलाइ करिव ३५ हजार भोट आउने निश्चित छ ।’

उनले थप पुष्टि गर्दै भनिन्, ‘यो त सम्भावित आँकडा मात्र हो । तर यहाँ पटक–पटक बाहिरबाट आउने चुनाव जित्ने अनि कहिले पनि फर्केर नआउने परिपाटिका कारण यहाँका जनता आजित छन् । यहाँका मानिसहरुले चुनावमा भोट माग्ने बाहेक अरु केही काम हुन् नसकेका बताइएको ।

उनले स्थानीय स्तरमा जल्दाबल्दा मुद्दाहरुलाई उठान गरेकी छिन् । जसमा तीनकुने पार्क समस्या समाधानदेखि साँखुरोड समस्या समाधान गर्ने सम्मका उनका एजेण्डा रहेका छन् । उनले भनिन्, ‘आजको जल्दाबल्दा समस्या समाधानका लागि पनि उठाएका नारा जनताका मन छुन् योग्य छन् ।’

उनी थप्छिन्, ‘असम्भव र आफूले गर्न नसक्ने काम गर्छु भनेर चुनावमा आश्वसन दिएर जनता झुक्याउन चाहन्न । मैले घोषणापत्र र व्यक्तिगत रुपमा जे भन्दै आएकी छु, त्यो पुरा गर्न बलबुताले भ्याएसम्म लाग्ने छु । ‘चुनावमा मीठामीठा नारा अलाप्ने चुनावपछि फर्केर नआउने काम मबाट हुँदैन सधैं जनतासँग हातमालो गरेर काम गर्न चाहन्छु,’ कुन्तीले भनिन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : ५४ बजे