श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

मोरङ ३ प्रदेशसभा ‘क’ : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने



विराटनगर । मोरङ ३ प्रदेशसभा ‘क’ मा आज (शुक्रबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।
४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए ।

कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो । कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोयन पुरानै कायम गरिएको छ ।

आयोगका अनुसार उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपरान्ह ३ बजेसम्म हुनेछ । उम्मेदवारलाई आजैअपरान्ह चिन्ह दिइने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १० : ०७ बजे