बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

रुकुम कांग्रेस सभापति ओलीद्वारा चुनावी खर्च झ्वाम



काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारलाई ‘बाटो खर्च’ भन्दै दिएको ८ लाख रुपैया नेपाली काँग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलील झ्वाम पारेका छन्।

पार्टी कार्यालयबाट लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनमार्फत् रुकुम पश्चिम प्रदेश (क) र (ख) र प्रतिनिधि सभाका उम्मेदवारको लागि भनेर लिएको ८ लाख रुपैयाँ आफैले खाएर ओलीले उक्त कुरा गुपचुप पारेका छन् । धेरैलाई यो विषय थाहा छैन तर उम्मेदवारी दर्ताको अघिल्लो दिन सभापति ओलीले उक्त रकम प्रदेश (ख) लागि आफूलाई दुई लाख, प्रदेश (क) का उम्मेदवार कृष्णबहादुर रोकायाको लागि दुई लाख र प्रतिनिधि सभाका उम्मेदवार मानबहादुर नेपालीको लागि ४ लाख भनी पैसा बुझेका थिए ।

तर रुकुम पश्चिममा नेपाली काँग्रेसका कोही उम्मेदवार नभएपछि उक्त रकम उनले झ्वाम पारेका हुन । यस विषयमा बुझ्न खोज्दा नेपाली काँग्रेस रुकुमका नेता तथा गठबन्धन चुनावी प्रचारप्रसारका संयोजक गोपालजी जंग शाहले आफूलाई यस विषयमा थाहा नभएको तर प्रेमले लिएर खान सक्छन्’ उनले भने ।

सात करोड २२ लाख बाँडेका छन् ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधि सभाका उम्मेदवारलाई चार लाख र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखका दरले टिकटसँगै ‘बाटो खर्च’ दिइएको बताए । ‘अरू खर्च भने उम्मेदवार स्वयंले पार्टीको तल्ला कमिटी र शुभेच्छुकमार्फत संकलन गरेर गर्न सक्छन्,’ उनले भने । पैसाको विषयमा हाम्रो प्रेम खेलाडी नै हो ल्यायो होला ,खायो होला शाहले थपे ।

स्मरण रहोस ,ओली आर्थिक हिनामिनाकै कारण बदनामि छन् ,यस अगाडि पनि काम गरेको आठ लाख रकम मजदुरलाई नदिए पछि उच्च अदालत सुर्खेतले उनलाई एक महिना कैद र जरिवाना गर्ने फैसला गरेको छ ।कानुनको नजर ओली दोषि हुन ।शक्तिको आडमा प्रहरीले उनलाई पक्राउ गर्नसकेको छैन ।

सर्वोच्चमा समेत उनले उच्च अदालतको आदेश विरुद्ध रिट निवेदन दिने म्याद गुजारी सकेको हुदा उनलाई अनिवार्य कैद सजाय गराउनु पर्ने कानुनी व्यवस्था भए पनि खुलेयाम हिडिरहेको स्रोत बताउँछ । उनलाई अदालतले दोषि ठहर गरेकै कारण यस पटक रुकुम पश्चिम प्रदेश (ख)को उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियोे ।

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि ९१ र प्रदेश सभा सदस्यका लागि एक सय ७९ उम्मेदवार छन् । यसअनुसार दुई सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख ‘बाटो खर्च’ बाँडेका थिए । ‘टिकट दिएर पठाउँदा संघ र प्रदेशका उम्मेदवारलाई सभापतिले केही बाटो खर्च दिएर पठाएको सानेपा स्रोतले बतायो ।

पार्टीले उम्मेदवारको अरू खर्च व्यवस्थापन भने गरेको छैन, त्यो काम उहाँहरूकै हो,’स्रोतले बतायो । उम्मेदवारलाई दिइएको ‘बाटो खर्च’ सभापतिको स्वविवेक भएकाले आफूलाई त्यसबारे जानकारी नभएको पार्टी कार्यालयका एक कर्माचारीले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : ४७ बजे