काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ पूर्वसभामुख ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको बताएकी छन् । आज सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो क्रममा उनले गठबन्धनका कारण जित सुनिश्चित भएको बताएकी हुन् ।
घर्तीले आफ्नो जित सुनिश्चित भइसकेको चुनावी प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते पर्खिनुपर्नेे बताएकी छन् । उनको टिमले सोमबार काठमाडौं क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरुसँग भेटघाट गरेकी छिन् । उनले भेटमा आफू नागरिक माझ काम गर्नसक्ने प्रतिवद्धता मात्रै लिएर आएको बताइन् ।
काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार घर्तीले वाम गठबन्धन बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताइन् । उनले अहिले आगामी लागि घरदैलो कार्यक्रममा सहभागी भइरहेको र घरदैलो कार्यक्रममा आफूप्रति आमनागरिकले उत्साहपूर्वक रुचि देखाएको दावी गरिन् । उनले कार्यकर्ता र आमनागरिकले अग्रिम शुभकामना दिइसकेको भन्दै पार्टीको चुनावी एजेन्डामा आम नागरिकहरुबाट राम्रा प्रतिक्रिया आइरहेको पनि बताउन भ्याइन् ।
चुनावको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा जोडतोड जुटिरहेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावमा आफ्नो पार्टीलाई जिताउनका लागि राजनीतिक दलका शीर्ष नेताहरु पार्टीका चुनावी एजेण्डा लिएर न्वारनदेखिको बल निकालेर लागिपरेका छन् ।