३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

तनहुँका सबै वडामा मतदाता शिक्षा चलाइँदै



तनहुँ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ।

निर्वाचन कार्यालयले मतदातालाई मतदान गर्ने तरिका सिकाउन जिल्लाका सबै वडा तहसम्म मतदाता शिक्षा सञ्चालन गरेको हो। निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए।

मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। १८ कात्तिकदेखि १ मंसिरसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : १८ बजे