चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

निष्ठा, आर्दश र शून्य सहनशीलताकी दीप कुन्ती पोख्रेल



काठमाण्डौ क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकी कुन्ती पोख्रेल समाजसेवी, सफल उद्यमी, व्यवायीसँगै राजनीतिमा दशक लामो अनुभव बटुलेकी व्यक्ति हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी रहेकी उनी सफल उद्यमी भई लाखौ महिलाहरुलाई रोजगारको बाटोमा अग्रसर उनी युवाहरुबीच प्रेरणाको स्रोत बनेकी छिन् ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिक शास्त्रमा एमए गरेकी पोख्रेलले पढाइपछि आफूलाई समाजसेवा, व्यवसाय र राजनीतिमा समर्पित गरेकी छिन् । ‘तारामण्ड महिला सशक्तिकरण अभियान’ नामक गैरसरकारी संस्थामार्पmत् समाजसेवा थालेकी उनले बाबु–आमाविहीन हजारौ बालबालिकालाई शिक्षा, दिक्षा दिएर उज्यालो भविश्य दिने महान पथप्रदर्शकको रुपमा आफूलाई उभ्याएकी छिन् ।

पोख्रेल त्यो भन्दा अझमाथि उठेर नेपाली समाजको बृहत्तर हितको लागि अर्थपूर्ण काम गर्न चाहन्छिन् । बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिलाउनुपर्ने अभियानमार्फत औधोगिक विकासका लागि उद्यमशीलता तालीम दिँदै आएकी उनले ‘तारामण्ड महिला सशक्तिकरण अभियान’मार्पmत देशका ४० भन्दा बढी जिल्लामा पुगेर महिला दिदी–बहिनीलाई स्वारेजगारयुक्त सीपमुलक तालीम दिइसकेकी छिन् ।

त्यसैगरी ‘पोजफेसन’ तयारी पोशाक उद्योगमार्फत् हजारौं मानिसलाई रोजगारी दिँदै आएकी उनी राजनीतिलाई पेशा नभएर विशुद्ध समाजसेवा ठान्दछिन् । आफ्नै उद्योग व्यवसायबाट आयआर्जनमा सक्षम व्यक्ति राज्यको नीतिनिर्माण तहमा पुगुन् जसले भोलि उनीहरुले खानलाउनकै लागि भ्रष्टाचार गर्न नपरोस् भन्ने उनको विचार छ ।

अहिले आयआर्जनका कुनै स्रोत नभएका कतिपय व्यक्तिहरु नेता, मन्त्री हुने र जीवनयापनका लागि भ्रष्टाचार गर्ने भएकाले मुलुक ध्वस्त भएकोप्रति असन्तुष्टि जनाउँदै आफूजस्ता उद्यमी, व्यवसायी र समाजसेवी व्यक्ति राज्यको नीतिनिर्माण तहमा पुग्दा मात्रै देश विकासित, समृद्ध हुने बताउँछिन् ।

धर्म, सस्कृतिको रक्षा र धार्मिक पर्यटनको तीब्र विकास आवश्यक ठान्ने उनी देशका महत्वपूर्ण धार्मिक तीर्थस्थललाई धार्मिक पर्यटनमा रुपान्तरण गर्न नीतिनिर्माण तहमै उठाउनुपर्ने बताउँछिन् ।

शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउन सरकारी सामुदयिक विद्यालयलाई बलियो, भरपर्दो, जनमानसमा विश्वासयोग्य बनाउन राज्यले देशको आवश्यकता र भूगोल सुहाउँदो शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिन्छिन् । अहिले जे÷जति बजेट राज्यले शिक्षाको लागि छुट्ट्याएको छ, त्यो पर्याप्त नभएको र खर्च गरिएको पनि सही ठाउँमा उपयोग नभएकाले शिक्षामा गुणस्तर खस्किएको हो । त्यसको तालीम प्राप्त योग्य शिक्षकसहित बजेट तर्जुमामा दोब्बले वृद्धिगर्नुपर्ने उनको ठम्याइ छ ।

त्यसैगरी आफ्नो जीवनको उर्बर समय राष्ट्रका लागि खर्चेर योगदान गर्ने खेलाडी, कलाकार, लेखक, साहित्यकार एवम पत्रकारहरुलाई राज्यले ६० बर्ष उमेरपछि विशेष प्रकारको पेन्सन सुविधा दिने व्यवस्था गर्न आफूले नीतिनिर्माण तहमा पहल गर्ने पोख्रेलको भनाइ छ ।

निष्ठा, प्रगति, विकासप्रेमि र शून्य सहनशीलताकी दीप कुृन्ती पोख्रेलले सामाजिक क्षेत्रआर्पmत देशमा भइरहेका विकृति, विसंगति, कुसंस्कार, अराजकता र भ्रष्टाचारविरुद्ध जति आवज उठाउँदा पनि राज्यको बागडोर सम्हालिइरहेका व्यक्तिले सुनुवाइ नगरेपछि नीतिनियम तहमा आफूले युवाको हस्तक्षेपकारी भूमि निर्वाह खेल्नुपर्ने महसुस गर्दै प्रत्यक्ष राजनीतिमा आउनु वाध्य भएको बताउँछिन् ।

राष्ट्र, राष्ट्रियता र मेलमिलापको राजनीतिमा विश्वास गर्ने उनी विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईलाई आदर्श नेताको रुपमा लिन्छिन् । वीपीले ‘मेरो र राजाको घाँटी जोडिएको छ, त्यसैले राष्ट्रिय मेलमिलापको नीति लिनुपर्छ’ भनेको शब्द स्मरण गर्दै कुन्ती पोख्रेल भन्छिन्, ‘वीपी कोइराला कांग्रेसको मात्रै नभएर एक राष्ट्रभक्ति नेता हुन् ।’

देशमा अभिभावकीय नेतृत्वको खाँचो भएकाले राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र कायम गर्ने अभियानमा जुटेकी पोख्रेल जनभावना बिपरीत जबर्जस्त लादिएको धर्मनिरपेक्ष्यताको नीतिले धार्मिक संस्कार, संस्कृति, मठमन्दिर, ऐतिहासिक र पुरातात्विक महत्व राख्ने गुठीजस्ता राष्ट्रिय पहिचान बोकेका धरोहरहरु जोगाउनका लागि आफू नीतिनिर्माण तहमा पुग्न जरुरी रहेको बताउँछिन् ।

सबैतिरबाट बिथोलिएको राजनीतिलाई सही दिशानिर्देश गर्ने उद्देश्यले आफू राजनीतिमा आएको बताउने पोख्रोलको पढेलेखेका, राजनीतिक संस्कार भएका, स्वच्छ छविका र नयाँ जोशजाँगरसहित आफूले गर्न कामको एजेन्डा लिएर आएका युवा नेतृत्व जनताको रोजाइ भएको बुझाइ छ । निष्ठा, आदर्श र संस्कारको राजनीतिमा विश्वास गर्ने उनी विवेकहिन, सम्वेदनाहिन, भ्रष्टचरित्र र नैतिकता गुमेका नेताहरुबाट यो देशको विकास र उन्नतिमा भविष्य नदेखेको बताउँछिन् ।

नेतामा नेतृत्वदी क्षमतासँगै आयआर्जनमा पनि आत्मानिर्भर हुनुपर्ने मान्यता राख्ने उनी ‘खानलाउनकै लागि भ्रष्टाचार गर्न नपरोस्’ भन्न रुचाउँछिन् । देशमा आर्थिक, सामाजिक र राजनैतिक संस्कारको विकासका लागि आगामी आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएकी पोख्रेल अहिलेका जनता परिवर्तनको पक्षमा उभिएका जनताले आफूलाई मत दिई नीतिनिर्माण तहमा पु¥याउनेमा ढुक्क छिन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ३ : ३४ बजे