काठमाडौं । सलार्ही जिल्लाको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमाल घिसिङसँग भेटेका छन् ।
अध्यक्ष महतोले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई काठमाडौंको एयरपोर्टमा भेटेर छलफल गरेका हुन् ।
महतोले चन्द्रनगर गाउँपालिकाकामा कृषि आधुनिकीकरण गर्न बिजुलीको गम्भीर समस्या भएकाले सहज उपलब्धताका लागि प्राधिकरण कार्यकारी निर्देशक घिसिङलाई भेटेरै आग्रह गरेका छन् ।
अध्यक्ष महतले गाउँ, वस्ती र खेतहरुमा बिजुलीका पोल, तारको रिटेन्सन वर्क अव्यवस्थित भएकाले करेन्ट लागेर दूर्घटना हुने त्रासले स्थानीय भयभित भएको घिसिङसँग बताएका हुन् ।
उनले विद्युत चोरी र चुहावट व्यापक रुपमा बढेकाले समस्या आएको बताउँदै त्यसको रोकथाम र नियन्त्रणका लागि पनि जानकारी गराएका थिए ।
घिसिङ ‘उज्यालो नेपाल महाअभियानका पथप्रदर्शक एवम् कुशल व्यवस्थापकी क्षमताले भरिपूर्ण भएकाले आफूले राखेको समस्याको समाधान हुनेमा आशावादी छु,’ अध्यक्ष महतोको भनाइ छ ।