चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

कांग्रेस कार्यकर्ताले हाल्लान् गठबन्धनलाई भोट ?



काठमाडौं । काठमाडौं क्षेत्र नं २ मा यति बेला नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दललाई भोट हाल्ने सम्भावना कम रहेको बताइन्छ ।

यो क्षेत्रमा कांग्रेस मतदाताहरुले विभिन्न तरिकाले भोट मागेर चुनाव जितेर गएपछि जनताका समस्यामा कोही नफर्किएको, नेपाली कांग्रेसको सिदान्त र कम्यनिस्टहरुको सिद्धान्त कहिल्यै नमिलेको आफू कट्टर कांग्रेसको मतदाता भएर पनि ‘रुख चिन्ह’मा मतदान गर्न नपाएको जस्ता कुराहरु पनि मतदाताहरुले सुनाउने गरेका छन् ।

बहुमत नेपाली कांग्रेसका कार्यकर्ताहरुले यो पटक राप्रपालाई भोट हाल्ने सम्भावना भएको बताइन्छ । आज नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीले गठबन्धन गरेर कार्यकर्ताको मनोभावना बुुझ्न नसकेको, आफ्नो स्वार्थ पूूरा गर्न पार्टी नेतृत्वले भूमिका खेलेको जस्ता आरोपहरु समेत लगाइरहेका छन् ।

यसकारण काठमाडौं क्षेत्र नं २ का मतादाताहरुले यो पटक राप्रपालाई भोट होलेर पुराना नेतृत्वलाई विस्थापित गरी नयाँ अनुहार ल्याउने देखिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : २७ बजे