काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय निर्वाचन प्रचारप्रसार बिभाग समिति सदस्य शम्भुलाल श्रेष्ठले आफूमाथि गठबन्धनको उम्मेद्वारलाई नसघाएको आरोप मिथ्या रहेको बताएका छन् ।
सर्लाही १ को कांग्रेस क्षेत्रीय समितिले पार्टीको निर्णय विपरित गठबन्धनको आधिकारिक उमेदवार विरुद्ध वागी स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचाप्रसार गरेको प्रमाणहरु फेला परेको भन्दै कारवाहीको चेतावनी दिएपछि श्रेष्ठले विज्ञप्तीमार्फत त्यसको खन्डन गरेका हुन् ।
कांग्रेस जिल्ला कार्यसमितिलाई पत्र लेख्द आफुलाई ध्यानाकर्षण पत्र लेख्ने क्षेत्रिय सभापति हरिबहादुर लुंङ्गेलीले उल्टै अन्तरघात गरेको आरोप लगाएको छ । ‘लुङ्गेलीले अन्तरघात गर्न प्रत्येक पालिकामा के कस्तो हर्कत गरेको तमाम कार्यकर्ताले बुझेको हुदाँ आफु पार्टीको बरखिलाफ गर्ने, क्षति पु–याउने, अन्तरघात गर्ने, अन्तरघात गर्न उक्साहट गर्ने, आफ्नो शरीरमा हात्ती हिडेको नदेख्ने अरुको जुम्रा केलाउने, स्थानिय निर्वाचनमा ने. का. को बिधानले ब्यबस्था गरे अनुरुप क्षेत्रिय संसदिय समितिको पटक पटक बैठक राख्ने सुभाव दिदाँ र सम्भाबित उम्मेदवार सिफारीस गर्न समेत ताकेता गर्दा एक दिन बैठक राखि १० मिनेटमै बैठक स्थगित गरी भोली विहान ८ः०० बजे राख्ने भनियो तर रातारात एकलौटी गुटको मात्र माईन्यूट घुमाएर सहि छाप गराई माथिल्लो निकायमा पेश गरेको र विदेश गएको प्रतिनिधिको किर्ते हस्ताक्षर गरेको सर्वविधिदै छ,’ श्रेष्ठले पत्रमार्फत आरोप लगाएका छन् ।
आफूले पार्टीमा पु¥याएको योगदानको कदर गर्नुसट्टा उल्टै अर्नगल प्रचार गरेको उनको प्रष्टिकरण छ । ‘मैले यस संसदिय निर्वाचन क्षेत्रमा २०७४ सालदेखी पार्टीको संगठनमा पु–याएको साथले यस क्षेत्र काँग्रेसमय भई सबै पालिकामा ने. का. का नेतृत्व प्राप्त गर्न गराउन मेरो अहम् भुमिका रहेको आफुलाई ठान्दछु । म यस पार्टीमा नरहदाको अबस्थामा यो क्षेत्रमा ने.का.को अबस्था कस्तो थियो २०७४ सालको स्थानिय निर्वाचनको परिणाम हेर्दा प्रष्ट हुन्छ । हाल तथा आगामी दिनमा पार्टीको अस्तित्व कसरी जोगाएर राख्न सकिन्छ तमाम क्षेत्र वासी लोकतन्त्रप्रति आस्थावान शुभचिन्दकहरुमा सोचिदिन आग्रह गर्दछु,’ उनले भनेका छन् । तसर्थ गलत गर्नेलाई बिधानतः आवश्यक कार्वाही गर्न उनले जिल्ला कार्यसमितिलाई आग्रह समेत गरेका छन् ।
यसअघि क्षेत्रिय सभापति लुङ्गेलील बागी स्वतन्त्र उम्मेदवारलाई सघाएर गैर जिम्मेवार कार्य गरेको भन्दै श्रेष्ठलाई ध्यानाकर्षण पत्र लेखेका थिए । अबिलम्ब पार्टिको निर्णय अनुसार गठवन्धनको आधिकारिक उम्मेदवारलाई जिताउने तथा पार्टिको गतिविधिमा नफर्किए कारवाही गर्ने क्षेत्रिय समितिको चेतावनी थियो ।
श्रेष्ठले प्रतिनिधि सभा सदस्यमा पार्टी बाट टिकट नपाएको झोकमा पार्टीको निर्णय विपरित कार्यहरु गरेको नेपाली क्षेत्रिय समितिको आरोप थियो । त्यसको खन्डन गर्दै श्रेष्ठले जिल्ला समितिलाई अर्को पत्र लेखेका हुन् ।
