बैशाख ११, २०८१ मंगलबार Wed Apr 24 2024

गठबन्धनका उम्मेदवारको गाडीको ठक्करबाट एकको मृत्यु



काठमाडौं । सत्ता गठबन्धनमा रहेका उम्मेदवारले चुनाव प्रचारका क्रममा चलाएको गाडीको ठक्करबाट सर्लाही–२ मा एक जनाको मृत्यु भएको छ । गठबन्धनको तर्फबाट नेकपा ९माओवादी०को चुनाव चिन्ह लिएर उम्मेदवार भएका नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादवको गाडीको ठक्करबाट गम्भीर घाइते भएका नेक महमदको मृत्यु भएको हो ।

यदव चढ्ने गरेको नम्बर नखुलेको गाडीले सखुवामा ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सोनबरसाका २२ वर्षीय नेक महमद ‌र मलंगवा नगरपालिका–९ का एकरामुल साफीका १० वर्षीय छोरा असलम साफी घाइते भएका थिए ।

घाइते दुबै जनालाई उपचारका लागि मलंगवा लगिएमा महमदको उपचारकै क्रममा मृत्यु भएको छ भने साफीको उपचार जारी छ ।

ठक्कर दिने गाडी उम्मेदवार यादवको रहेको भन्दै उनीविरुद्ध मलंगवाको सहिद चोकमा प्रदर्शन गरिएको छ । घाइतेका आफन्त र स्थानीयले उम्मेदवार यादव र माओवादीविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ५ : ४५ बजे