बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

समानुपातिक तर्फका मतपत्र सबै जिल्लामा पुगेको आयोगद्वारा जानकारी



काठमाडौं । समानुपातिक तर्फको मतपत्र सबै जिल्लामा पगिसकेको निर्वाचन आयोगले जनाएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र पु¥याइसकेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका हुन् ।

यस्तै निर्वाचनका लागि चाहिने ६० प्रकारका निर्वाचन सामग्रीहरू ६५ जिल्लामा पुगिसकेका पनि जनाइएको छ । त्यसैस्तै प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम पनि ६० प्रतिशत सकिएको अर्यालले बताएका छन् । छापिएको मतपत्र ढुवानीको काम पनि सुरु भएको उनले बताएका हुन् ।

त्यस्तै आयोगले छिट्टै जिल्ला निर्वाचन कार्यालयमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम कार्यक्रम पनि सुरु गर्न लागेको छ । तालिमपछि निर्वाचन अधिकृतलाई मतदान सामग्रीहरु बुझाएर मतदान केन्द्रमा पठाउने काम हुनेछ ।

बिस्तारै निर्वाचनको चाप केन्द्रबाट जिल्ला निर्वाचन कार्यालयमा सरेको सहप्रवक्ता अर्यालले बताए । त्यस्तै मतपत्र रुजु गर्ने, मतदान केन्द्र अनुसार मतपत्र भाग लगाउने र त्यसलाई लाहछाप लगाएर सिलबन्दी गरेर राख्ने काम सुरु भएको बताइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : ४९ बजे