फाल्गुन ९, २०८० बुधबार Wed Feb 21 2024

एमालेले घोषणापत्र याक एण्ड यति होटलबाट सार्वजनिक गर्ने



काठमाण्डौं । नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । सत्ता गठवन्धनका प्रया सवै दलले घोषणापत्र सार्वजनिक गरेपछि उसले पनि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । एमालेले आज याक एण्ड यति होटलबाट घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

घोषणा पत्र अध्यक्ष केपी ओलीले सार्वजनिक गर्नेछन । उनले साढे एक बजे सार्वजनिक गर्न लागेको घोषणापत्र सुविधा सम्पन्न र महंगो होटलबाट गर्न लागेपछि भने यसको आलोचना हुन थालेको छ ।
गत चुनावमा चुच्चे रेल देखि पानी जहाजसम्मको आश्वासन वाडेको एमालेले यसपटक के भन्नेछ भनेर मानिसहरु प्रतिक्षारत छन ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : ४८ बजे