फाल्गुन १०, २०८० बिहिबार Thu Feb 22 2024

डा. तोसिमा कार्की आज सर्वोच्च जादै



काठमाडौं । उम्मेदवारी खारेजीमा परेकी डा। तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वोच्च अदालत जाने भएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध आज बिहान ११ बजे सर्वोच्च अदालत जान लागेको कार्कीले बताइन् । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ४८ बजे