बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

नेकपा एकीकृत समाजवादीले सोमबार घोषणापत्र ल्याउने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

महासचिव बेदुराम भुसालका अनुसार भोलि दिउँसो तीन बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक हुन लागेको हो ।

एकीकृत समाजवादीले उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई घोषणापत्र निर्माणको जिम्मेवारी दिएको थियो ।

समाजवादीले घोषणपत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक समाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार’ तय गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : ११ बजे