चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

माओवादीले घोषणापत्र सोमबार सार्वजनिक गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।

घोषणापत्र सोमबार दिउँसो तीन बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययले जानकारी दिए ।

माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र निर्माण समिति बनाएको थियो ।

माओवादीले घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै घोषणापत्रमा समाजवाद उन्मुख अर्थव्यवस्थाको व्याख्या समेत गरिएको घोषणा पत्र निर्माण समितिका एक सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : १० बजे