श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

यसपटक काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाड्नु छ : कुन्ती पोख्रेल



काठमाठौं । राप्रपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले यसपटक काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छाड्ने ठोकुवा गरिन् ।

उनले आज बुधबार बानेश्वरमा आयोजित दीपावलीको शुभकामना आनप्रदान तथा देउसीभैलो कार्यक्रमा यस्तो बताएकी हुन् । पोख्रेलले आगामी मंसिर ४ मा हुनगइरहेको आमनिर्वाचनको लागि काठमाडौं क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी छन् ।

उनले हिन्दूहरुको धर्म, संस्कार, संस्कृति, रितिरिवाजको रक्षाको लागि आयोजित देउसीभैलो कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको बताइन् । पोख्रेल गोठाटार, कागेश्वरी, साँखु, थलीमा आयोजित देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै बानेश्वर आइपुगेकी हुन् ।

आगामी आमनिर्वाचनमा आफ्नो उम्मेदवारी यसैका निम्ति रहेकाले पनि सहयोग गर्न सबैलाई आग्रह गरिन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : ५७ बजे