२९ श्रावण २०८३, शुक्रबार Fri Aug 14 2026

बेलायती सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता



बेलायत भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त अधिराज्य (यूके)का हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग बेलायती संसद भवनमा भेटवार्ता गरेका छन्।

भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु विशेषगरी दुई देशका संसद भ्रमण तथा अनुभव आदानप्रदान र भूपू गोर्खासम्बन्धी विषयमा विचार आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए।

यसै सिलसिलामा अध्यक्ष तिमिल्सिना २४ अक्टोबर २०२२ मा बेलायतको संसदमा रहेको बेलायत(नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्माले आयोजना गरेको दिवाभोजमा सहभागी भए ।एजेन्सी

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १२ : ३७ बजे