श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रधानमन्त्री देउवाद्वारा सुनकलाई बधाई



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वेलायतकाको कन्जरभेटिभ पार्टीको नेता र प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका ऋषि सुनकलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिदै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको बताएका छन् ।

बेलायती प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो । सुनकका बाबुआमा दुवै भारतीय मूलका हुन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : ०३ बजे