काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन लामो समयसम्म कायम रहने बताएका छन्।
पाँच दलीय गठबन्धनको बाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै देउवाले लहडले गठबन्धन नबनेको भन्दै सबै दलका नेता र कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।
सभापति देउवाले मुलुकलाई अब विकासतिर लैजानुपर्ने भन्दै त्यसका लागि गठबन्धन बनेको बताए । उनले भने,‘यो आवश्यकताले बनेको गठबन्धन हो । लहडले बनेको गठबन्धन होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन होइन । गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ ।’
उनले चुनावका बेला पार्टीहरू संक्रमणकालबाट गुज्रिने भएकाले एकताबद्ध भएर अघि बढ्न समेत आग्रह गरे ।