३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

आज गठबन्धनका शीर्ष नेताको भेला वीरेन्द्रनगरमा



काठमाडौँ । आज सत्ता गठबन्धनका शीर्ष नेताको भेला वीरेन्द्रनगरमा रहेको छ । आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोकतान्त्रिक बाम–गठबन्धनको संयुक्त भेलाको आयोजना गरिएको छ । उक्त भेलामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको उपस्थिती रहने भएको छ ।

दिउँसो २ बजेबाट वीरेन्द्रनगरको एक होटलमा सुरु हुने भेलामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी केन्द्र का अध्यक्ष माधव कुमार नेपालसहित अन्य शीर्षस्थ नेताहरुको उपस्थिति रहने छ ।

नेपाली कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले भेलामा कर्णालीका प्रत्येक जिल्लाहरूबाट उम्मेदवार तथा प्रत्येक दलबाट निश्चित नेताहरुको सहभागिता रहने बताए । उनका अनुसार उक्त टोली सुरुमा सुदूरपश्चिमको राजधानी धनगढी पुगेर दिउँसो १ बजे मात्रै वीरेन्द्रनगर आउनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : ५४ बजे