बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

पूर्व सांसद तथा समाजसेवी मैयादेवी श्रेष्ठको निधन



चितवन । वरिष्ठ राजनीतिज्ञ एवं समाजसेवी मैयादेवी श्रेष्ठको निधन भएको छ । गत असोज २५ गतेदेखि निमोनियाबाट अस्वस्थ भएकी पूर्व सांसद ९५ वर्षीया श्रेष्ठको उपचारको क्रममा निधन भएको हो ।

उनलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । नेपाल आमा सम्मानबाट सम्मानित श्रेष्ठ मैयादेवी कन्या क्याम्पसको संरक्षक समेत थिइन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : ५१ बजे