बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

अहिले टिकट नपाउनेलाई चुनावपछि अवसरै अवसर हुने अध्यक्ष प्रचण्डको आश्वासन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षले यस निर्वाचनमा टिकटका आकाँक्षी रहेर नपाएपछि असन्तुष्ट भएका नेताहरुलाई निर्वाचन पछि अवसरै अवसर दिने आश्वासन दिएका छन् । सत्तारुढ गठबन्धनले बहुमत ल्याएमा अहिले टिकट नपाएका नेताहरुले अवसरै अवसर पाउने उनको भनाइ रहेको हो ।

आज विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुले जितेर बहुमतको सरकार बनेमा अहिले अवसर नपाएकाहरुलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने बताए ।

सत्तारुढ गठबन्धनका दलभित्र, एकअर्का दलबीच भएका समस्या थाती राखेर चुनावमा होमिन प्रचण्डले आग्रह गरे । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच कुनै समस्या नरहेको प्रचण्डले बताए । ‘हामी यो देखाउन चाहन्छौं कि, गठबन्धनका हामी नेताहरु एक ढिक्का छौं, हाम्रो विषयमा कुनै दरार अहिले छैन’ उनले भने ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ४ : ४२ बजे