३० असार २०८३, मंगलबार Tue Jul 14 2026

माधव नेपाललाई कारबाही गर्न आयोगको प्रहरीलाई पत्र



काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न प्रहरीलाई आग्रह गरेको छ । अध्यक्ष नेपालले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र लेखेको हो ।

रौतहटमा आयोजित कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको छ । आयोगलाई प्राप्त श्रव्य(दृश्य सामाग्रीका आधारमा उक्त अभिव्यक्ति निजकै रहेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

२४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको हो। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन पाइँदैन ।

ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई १ लाख रूपैयाँसम्म जरीवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : ३० बजे