बैशाख ४, २०८१ मंगलबार Wed Apr 17 2024

पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निसिमको शालिक बनाइने



पोखरा । नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको शालिक स्थापना गरिने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप शालिक स्थापना गर्ने निर्णय गरेको हो । थापाको पोखरा रंगशालामा अर्धकदको शालिक राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

उनका अनुसार बीमा रकम बाहेक पनि मृतक खेलाडीलाई सरकारबाट राहत दिन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय पनि भएको छ । राष्ट्रिय खेलकुदमा हरेक खेलाडीको १० लाखको जीवन बीमा गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ११ : ०९ बजे