श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

पाँच वर्षभित्रमा प्रधानमन्त्री बन्छु : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ वर्षभित्रमा प्रधानमन्त्री बन्ने बताएका छन् ।

पत्रकार राजेन्द्र बानियाँसग कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै प्रचण्डले ५ वर्षभित्रै गोरखाले प्रधानमन्त्री पाउने बताएका हुन् । ‘गोरखाका जनतालाई सम्मान र सेवा दिन म गएको हो’, प्रचण्डले भने, ‘दुनियाले देख्ने र बुझ्ने गरी काम गरेर गोरखाबाट देशभरी विकासको मोडेल दिन सक्छु । यति काम गरियो भने गोरखाले ५ वर्षभित्रमा प्रधानमन्त्री पाउँछ ।’

बढीगण्डाकी परियोजनालाई समयमै सम्पन्न गर्न मुख्य भूमिका खेल्ने प्रचण्डको भनाइ छ । यस्तै पालुङटारमा सिँचाईको सुविधासहित विकासका परियोजना लाने र त्यहाँको विमानस्थल पनि चलाउने विषय आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

जडिबुटी प्रशोधन उद्योग खोल्ने, बेनीघाट(लार्के र बारपाकको सडक सम्पन्न गर्ने, कृषिमा आधुकिकरण र व्यावसायीकिकरण गर्ने, रबर उद्योग पुनः सञ्चालन गर्नेलगायतका योजना प्रचण्डले सुनाएका छन् ।

पृथ्विनारायण शाहले राज्य एकीकरण गोरखाबाट सुरु गरेको, आफूले जनक्रान्तिको नेतृत्व र सुरुवात पनि त्यहीँबाट गरेका कारण अब गोरखाले देशको अर्थतन्त्रलाई नै योगदान दिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १० : ५६ बजे