चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

प्रचण्डको सचिवालयका अनुसार सीतालाई हिजो मेडिसिटी अस्पताल भर्ना गरिएको हो । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पिडित छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : २६ बजे