चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

अख्तियारद्वारा खानेपानीका इन्जिनियरसहित दुई जना २८ लाख घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन नं.४ का इन्जिनियर नवराज सत्यालसहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो । घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन् ।

उनीहरुलाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : ५१ बजे