असार ९, २०८१ शनिबार Sat Jun 22 2024

युगांडामा इबोलाबाट २४ जनाको मृत्यु



कम्पाला। युगांडामा इबोलाका कारण थप पाँच जनाको मृत्यु भएको छ । योसँगै इबोलाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

इबोलाका कारण केही स्थानमा लकडाउन घोषणा गरिएको छ । इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरिएको छ । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ । त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ११ : २१ बजे