२ बैशाख २०८३, बुधबार Thu Apr 16 2026

सत्तागठबन्धनमध्ये तीन दलको साझा अपील



काठमाडौं । सत्तागठबन्धनलाई मत दिन आग्रह गर्दै प्रमुख तीन दलले साझा अपील जारी गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंगलबार साझा अपील जारी गरी गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन्। उनीहरूले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि’ गठबन्धनका उम्मेदवारलाई मत दिन अपील गरेका हुन्।

सत्तारूढ गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा भने यसमा सहभागी भएको छैन। त्यस्तै, चुनावी तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी पनि यसमा सहमत देखिएको छैन।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ४७ बजे