बैशाख ४, २०८१ मंगलबार Tue Apr 16 2024

नेपाल टेलिकमको अटम अफर सञ्चालनमा



काठमाडौं । नेपाल टेलिकमले अटम अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएको हो । अफर अन्तर्गत केही प्याकहरूलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त अफर असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको हो । यो अफर आगामी ९० दिनसम्म सञ्चालनमा रहने जनाइएको छ ।

यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरू सञ्चालनमा ल्याइएको छ । यस्तै सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् । अन्य प्याकहरू र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेका छन् ।

अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले एस्ट्र १४१५ ह्याजकी डायल गर्नुपर्ने छ । यस्तै कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : ११ बजे