जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु



काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको खसेर मृत्यु भएको छ ।

पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ पाइलट क्रसकन्ट्री इभेन्टमा प्रतिस्पर्धामा थिए । उनी त्रिभुवन आर्मीबाट सहभागी भएका थिए ।

आकाशमा उडिरहेको अवस्थामा झण्डै एक सय मिटरबाट जमिनमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा–१० अस्पतालचोक बस्ने २६ वर्षीय थापाको पोखराको सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  २ : १५ बजे