बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

चन्द्रनगर कामदका जनताको १५ वर्षे सपना पुरा



काठमाडौं । चन्द्रनगर गाउँपालिकाका वडा नम्बर ६ र ७ का जनताका १५ वर्षे सपना पुरा भएको छ । गाउँपालिकाका वडा ६ स्थित श्री मरिचीमान माध्यमिक विधालयमा कक्षा १० सम्म अध्यापन हुने गरेको छ । उक्त विधालयमा प्लस टु अर्थात कक्षा ११ र १२ को अध्यापन शुरु होस भनेर उक्त क्षेत्रका अभिभावक एवम आम नागरिकले २०६४ साल देखि नै संघर्षरत थिए ।

गणतन्त्र र संघीयता कार्यान्वयन पछि को पहिलो स्थानीय सरकारको पांच वर्षे कार्यकालमा पनि उक्त विधालयमा कक्षा ११ र १२ अध्यापन गराउन कुनै पहल नभए पछि आम जनसमुदायमा निराशा छाएको थियो, स्थानीय मन्जुु सिंह बताउछिन ।

तर वैशाख २०७९ को स्थानीय तहको निर्वाचन पछि गाउँपालिका अध्यक्ष राज कुमार महतोको नेतृत्वमा गठन भएको स्थानीय सरकारले पहिलो तिन महिना भित्र अहोरात्र कार्य गरी सम्पूर्ण पक्रिया पुरा गरेर कक्षा ११ को अध्यापन शुरु गराउनु निकै सुखद र सकारात्मक कार्य भएको अर्का स्थानीय रिषी माझि बताउछन ।

वडा नम्बर ६ र ७ का किशोर किशोरीहरुलाई कक्षा ११ र १२ अध्य्यन गर्न टाढाका कलेजहरुमा जानु परेको बाध्यता रहेको थियो । खासगरी किशोरीहरुलाई टाढाका कलेजमा पढन जांदा विभिन्न किसिमका समस्याहरु झेलनु परेको थियो । तसर्थ चन्द्रनगर गाउँपालिकाका वडा नम्बर ६ र ७ का अभिभावकहरुले आफनै गाउँमा रहेको श्री मरिचीमान जनता माध्यमिक विधालयमा कक्षा १० को पढाईलाई स्तरवृद्धि गरि कक्षा ११ र १२ को अध्यापन शुरु गराउनु पर्ने माग २०६४ देखि गरि रहेको थियो ।

यी वास्तविकता र आवश्यकतालाई मध्यनगर गर्दै चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोले वैशाख २०७९ का स्थानीय निर्वाचनमा निर्वाचित भए पश्चात यस विषयलाई उच्च प्राथमिकता दिर्दै आर्थिक वर्ष २०७९ ८० को नीति तथा कार्यक्रम एवम वार्षिक बजेट र कार्यक्रममा सम्बोधन गराउनुु भयो ।

त्यस पश्चात गाउँपालिका अध्यक्ष महतोले उक्त श्री मरिचीमान जनता माध्यमिक विधालयमा सर्वपक्षिय एवम सर्वदलिय बैठक आयोजना गर्न लगाई कक्षा ११ शुरु गर्न आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको थियो ।

उक्त प्रक्रिया पुरा गर्न र कार्यपालिकाबाट कक्षा ११ को अनुमति पारित गराउन कार्यपालिकाकै केही सदस्यहरुबाट तथा गाउँपालिका भित्रका केही राजनितिक पार्टीका अगुवाहरुबाट विभिन्न किसिमका बाधा अवरोध झेल्नु परेको यर्थाथ गाउँपालिका अध्यक्ष महतोले बताए । विभिन्न बाधा र अवरोधलाई पार गर्दै कामद स्थित उक्त माध्यमिक विधालयमा कक्षा ११ को अनुमित प्रदान गराई अन्ततः १५ वर्षे सपना पुरा भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : २५ बजे