बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

एमाले अध्यक्ष ओली चुनावी घोषणापत्र लेख्न लाँकुरी भञ्ज्याङ पुगे



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता घोषणापत्र लेख्नलाई अन्तिम रुप दिन ललितपुरको एक रिसोर्टमा पुगेका छन् ।

ओलीसहित नेताहरु लाँकुरी भञ्ज्याङमा रहेको द टेरेसेस रिसोर्टमा पुगेका छन् । महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ पनि ओलीसँगै छन् । घोषणापत्र लेखनकै क्रममा अध्यक्ष ओलीले पिङ खेल्ने, हिमाल नियाल्नेलगायतका ‘रिफ्रेसमेन्ट’ गतिविधि पनि गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ५९ बजे