बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

नेपाल टेलिकमद्वारा टिकटक प्रतियोगी विजेतालाई एमआई १२ स्मार्टफोन उपलब्ध



काठमाडौं । नेपाल टेलिकमले सञ्चालन गरेको टिकटक च्यालेन्जका विजेताहरुलाई आज एक कार्यक्रमका बीच पुरस्कार हस्तान्तरण गरिएको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच निमित्त प्रबन्ध निर्देशक झविन्द्र लाल उपाध्याय र निमित्त प्रमुख व्यावसायिक अधिकृत रीना डंगोलले पहिलो स्थान हासिल गर्ने अश्विन परियार र दोस्रो स्थान हासिल गर्ने जानकी बराललाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

विजेताले क्रमशः एमआई १२ प्रो र एमआई १२ स्मार्टफोन पाएका छन् । त्यस्तै तेस्रो स्थान हासिल गर्ने धरानकी अपेक्षा विष्ट तथा पहिलो हप्ताका विजेता दाङ तुल्सीपुरका रोहित अधिकारी, दोस्रो हप्ताका विजेता विराटनगर एयरपोर्टका र तेस्रो हप्ताका विजेता दाङ तुल्सीपुरका लिला अधिकारीलाई सम्बन्धित प्रादेशिक निर्देशनालयमार्फत छिट्टै नै पुरस्कार हस्तान्तरण गरिने छ । पुरस्कार स्वरुप तेस्रो स्थान हासिल गर्नेलाई एमआई १२ एक्स र अन्यलाई रेडमी नोट ११ ‍मोबाइल सेट उपलब्ध गराइने छ ।

नेपाल टेलिकमका सेवा सम्बन्धी गीतरजिंगल सहितको भिडियो तयार गरी कम्पनीको आधिकारिक टिकटक एकाउन्टमा पोस्ट गर्ने गरी गत भाद्र ८ देखि असोज ३ गते सम्म टिकटक च्यालेन्ज क्याम्पेन सञ्चालन गरिएको थियो । सो क्याम्पेनमा सहभागीहरु मध्येबाट विजेता छनोट गरिएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : ५३ बजे