बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

सत्यमोहन जोशीको स्वास्थ्य पुनः जटिल



काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था पुन जटिल बनेको छ । उनलाई अक्सिजनको मात्रा कमी देखिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा सुधार देखिएपछि उनलाई बुधबार मात्रै आइसीयुबाट नर्मल रुममा सारिएको थियो ।

डेंगुको सक्रमण भई किष्ट मेडिकल कलेजमा भर्ना गरिएका जोशीको उपचार जारी नै रहेको छ । विशेषज्ञ चिकित्सकको निगरानीमा उनको निरन्तर निरीक्षण तथा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

जोशिको उपचार किष्टले निशुल्क गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  २ : ३५ बजे