चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदै



इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । इराकी सभामुखले संसदको मङ्गलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए ।

सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ । त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ । सोहीअनुसार यहाँका पदहरु बाँडफाँट हुँदै आएका छन् ।

इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ । राजनीतिक विवादको कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरूका बीचको आन्तरिक विवाद रही आएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ९ : ४२ बजे