चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

उम्मेदवारको अन्तिम नामावली प्रकाशन



काठमाडौं।निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने भएका छन् ि११९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।

यसैगरी प्रदेशसभातर्फ ३,२२४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभातर्फ २५७ जनाले उम्मदवारी फिर्ता लिएका छन् । उम्मेदवारी दिनेहरुमा प्रतिनिधिसभातर्फ २,१८७ पुरुष र २२५ जना महिला छन् भने प्रदेशसभातर्फ २,९४३ जना पुरुष र २८० जना महिला रहेका छन् । अन्यमा १ जना रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ९ : ३८ बजे