चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

घरको नक्सा पास गर्न पाँच वटा विरुवा रोप्नु पर्ने नियम लागू गर्न महानगरको तयारी



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले घरको नक्सा पास गर्न न्यूनतम पाँच वटा विरुवा रोप्नु पर्ने नियम लागू गर्ने तयारी गरेका छन् । मेयर साम्पाङले उक्त कुराको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका हुन् ।

‘अब उप्रान्त धरानमा एउटा घर बनाउने नक्सा पास गर्न या सम्पन्न पत्र पाउन कम्तिमा पाँचवटा विरुवा अनिवार्य रुपमा रोप्ने नियम लागू गरिनेछ।’ बुधबार मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

मेयर साम्पाङले आफ्ना भावी योजना र गतिविधिको जानकारी सामाजिक सञ्जाल मार्फत दिने गरेका छन् । उनले छिटो–छिटो सामाजिक सञ्जाललाई सक्रिय गराउको भन्दै आलोचना पनि हुने गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : ५५ बजे