काठमाडौं । आगामी मंसिर ४ गते हुन लागि रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी नेतृत्वको नीति विपरीत बागी उम्मेदवारी दिने नेताहरुलाई नेपाली कांग्रेसले पाँच वर्षका लागि निष्कासन गरेको छ । सत्ता गठबन्धनको सहमति र पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी जारी राखेका नेताहरुलाई यस्तो कारवाही गरेको हो ।
आइतबार पार्टी र सत्ता गठबन्धनका उम्मेदवार विरुद्ध बागी मनोनयन दर्ता गरेकाहरुलाई बुधबारसम्ममा फिर्ता लिन कांग्रेसले निर्देशन दिएको थियो । पार्टीको निर्देशनको अवज्ञा गरेका उनीहरुलाई पाँच वर्षसम्म कुनै जिम्मेवारी नदिने गरी कारवाही गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
