पुस २६, २०८१ शुक्रबार Fri Jan 10 2025

सिभिल बैंकद्वारा नगद लाभांश बुझ्न सेयरधनीलाई आग्रह



काठमाडौं । सिभिल बैंकले ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले सूचना जारी गरेरै नगद लाभांश बुझिदिन सेयरधनीलाई आग्रह गरेको हो । बैंकले उनीहरुलाई सेयर रजिष्ट्रारको कार्यालय सिभिल क्यापिटल, मार्केट सुन्धारा काठमाडौंमा ३० दिनभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न अनुरोध गरेको हो ।

यता, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले उल्लेख गरेको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : ५९ बजे