बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

कांग्रेसका रामशरण देउजा लगायत नेता कार्यकर्ता एमाले प्रवेश



कमलबहादुर बोहरा

काठमाडौं ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा भक्तपुरबाट कांग्रेस र जसपाका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटटमा आयोजित एक कार्यक्रममा ती नेता, कार्यकर्ताले एमाले प्रवेश गरेका हुन् । नवप्रवेशी उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा र पूर्व मन्त्री तथा एमाले नेता महेश बस्नेतले माला र अविर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अन्य दलबाट एमाले प्रवेश गर्नेमा नेपाली कांग्रेसबाट नेता तथा नेपाल निर्माण व्यावसायी समन्वय विभागका सदस्य रामशरण देउजा, २०४९ सालमा सिपाडोल गाविसका उपाध्यक्ष कांग्रेसबाट निर्वाचित दामोदर भट्टराई , २०७४/०७९ मा नेका दलित सदस्यबाट उम्मेदवार बनेकी नानु नेपाली, नेकपा एसबाट पुरानो घर फर्किएका अर्जुन बस्नेत, उध्दब चौलागाई र राप्रपाका पूर्व जिल्ला सदस्य दिपक राना मगरलगायत २५ जना नेता, कार्यकर्ताले एमालेमा प्रवेश गरेका हुन् ।

एमाले पार्टी प्रवेशपछि ती नवप्रवेशी नेता, कार्यकर्ताले नेपालको राष्ट्रियताको जगेर्ना गर्ने पार्टी एमाले मात्रै भएकाले आफूहरु प्रवेश गरेको बताएका छन् । उनीहरुले भक्तपुरको विकास समृद्धिका लागि नेता महेश बस्नेको विकल्प नभएको पनि ठोकुवा गरे ।

त्यसकारण पनि बस्नेतलाई जिताउन आफूहरुले जस्तोसुकै कसर बाँकी नराख्ने वचनवद्धता गरे । यसरी चुनावको मुखमा आएर पार्टी संगठनमा लामो योगदानमा गरेका नेता, कार्यकर्ताले पार्टी छोडेर एमाले प्रवेश गरेकाले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ०५ बजे