बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

जोशीको स्वास्थ्य भएन सुधार, अवस्था चिन्ताजनक : अस्पताल



काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्रा. डा सुरज बज्राचार्यले विज्ञप्ति मार्फत जनाइएका हुन् ।

जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ । मुटुको चालसम्बन्धी समस्या देखापरेकाले सो नियन्त्रणका लागि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ४७ बजे