श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

रोल्पामा माओवादीका पुनको विद्रोह, कांग्रेसका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी



रोल्पा । रोल्पा निर्वाचन क्षेत्र ख मा नेकपा माओवादीका नेता दिपेन्द्रकुमार पुन सिजलले गठबन्धन विरुद्ध विद्रोह गरेका छन् ।

गठबन्धनले नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई टिकट दिएपछि सिजलले गठबन्धनबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

यहाँबाट माओवादीले नै टिकट पाउनुपर्ने माग माओवादी नेताहरूको थियो । गठबन्धनबाट कांग्रेसका पुनले टिकट पाएका थिए ।

अन्तिमसम्म पनि टिकटका लागि माओवादी र कांग्रेसका नेताबीच रस्साकस्सी चलेको थियो । गठबन्धनलाई सन्तुलित पार्न भन्दै कांग्रेसलाई टिकट दिइएपछि रुष्ट भएका सिजलले माओवादी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

अघिल्लो कार्यकालमा पनि माओवादीबाट प्रदेश सांसद रहेका पुन जनयुद्धका घाइते हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : ४४ बजे