श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

माओवादी केन्द्रका महासचिव गुरुङद्वारा लमजुङबाट उम्मेदावरी दर्ता



लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङबाट प्रतिनिधसभाका लागि उम्मेदावरी दर्ता गराएका छन् ।

गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएका गुरुङले आज दिउँसो बेँसीसहरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदावरी दर्ता गराएका हुन् ।

उनी यसअघि एमालेसँगको गठबन्धनबाट प्रतिनिधसभाकै उम्मेदवार बन्दै भारी मतले विजयी भएका थिए । यसपटक नेपाली कांग्रेसलगायतको गठबन्धनसँग मिलेर चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन् ।

त्यस्तै प्रदेशसभा (क) र (ख) का लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । प्रदेश (क) मा कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङ र प्रदेश (ख) मा पूर्व जिल्ला सभापति भेषबहादुर पौडेलले संयुक्तरूपमा उम्मेदावरी दिएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : ३६ बजे