३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

नुवाकोट–२ मा कांग्रेसबाट अर्जुन नरसिंह केसीको उम्मेदवारी दर्ता



काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतवार आफ्नो निर्वाचन क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

केसीलाई नुवाकोट २ मा माओवादी र एकीकृत समाजवादीको समर्थन छ । अघिल्लो निर्वाचनमा पराजित केसीको यसपटक पनि पुरानै प्रतिस्पर्धी एमालेका नारायणप्रसाद खतिवडा रहेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : १८ बजे