जेष्ठ २२, २०८० सोमबार Tue Jun 6 2023

रौतहट–२ बाट अफ्ताप आलमका छोरा फिरदोश आलमलाई दियो कांग्रेसले टिकट



काठमाडौं । व्यक्ति हत्याको अभियोगमा जन्मकैदको फैसला भएर जेलमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब आलमका छोराले रौतहट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि टिकट पाएका छन् । आलमका जेठो छोरा डा. फिरदोश आलमले टिकट पाएका हुन् ।

मोहम्मद अफताब आलम जेल जीवन बिताइरहेका छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस भएको थियो । पार्टीले उनकै परिवारका सदस्यलाई टिकट दिने निर्णय गरेको छ ।

टिकट पाएका आलम पूर्वप्रहरी निरीक्षक समेत हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ५७ बजे