चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

रौतहट १ बाट माधव नेपालको उम्मेदवारी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहट –१ बाट उम्मेदवारी दिएका छन् ।

नेपालले आइतबार गृहनगरमा उम्मेदवारी दिएपछि प्रतिक्रिया दिँदै गठबन्धनमा कुनै गढबढी नरहेको समेत दाबी गरे । गठबन्धन गर्दा धेरै ठाउँमा उठ्न मौका दिन नसकेकोमा आफूलाई दुःख लागेको उनको भनाइ छ ।

अघिल्लो निर्वाचनमा रौतहट छाडेर काठमाडौं जाँदा फेरि आउनुपर्छ भन्ने माग भएअनुसार आफू फर्किएको समेत बताए ।

“पहिले रौतहट छाड्दा फेरि आउनुपर्छ है भन्नुभएको थियो,” नेपालले भने, “ठिक छ, पालैपालो गरौँ भनेर आएको छु । जनताको विश्वास पाउँछु भन्नेमा विश्वास छ ।”

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ४८ बजे