बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

गठबन्धनका उम्मेदवार जनार्दन शर्माविरुद्ध कांग्रेस युवा नेता तारक केसीको उम्मेदवारी



कमलबहादुर बोहरा

काठमाडौं । आमनिर्वाचन नजिकिँदै गर्दा दलहरुमा टिकट वितरणको विषयलाई लिएर नेता, कार्यकर्ताबीच विद्रोहको लहर चल्न थालेको छ ।

त्यसै मेसोमा गठबन्धनका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्माको चुनावी क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता तारक केसीले उम्मेदवारी दिने भएका छन् ।

त्यस क्षेत्रका जनता माझ स्वच्छ छवि कमाएका युवा नेता हुन् केसी । उनै युवा नेता केसीले चुनावमा भ्रष्टाचारविरुद्धको नारा लिएर जाने भएका छन् ।

युवा नेता केसी भन्छन्, ‘मेरो उम्मेदवारी देशमा व्याप्त भ्रष्टाचारविरुद्ध हो ।’ केसी जनतामाझ लोकप्रिय छवि बनाएका युवा नेता भएकाले शर्मालाई यो निर्वाचन फलामको चिउरा सावित हुने स्थानीयको आँकलन छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ५६ बजे