श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सत्तागठबन्धनबाट असन्तुष्ट बनेको जसपा चुनावी तालमेल गर्न एमालेमा टाँसियो



काठमाडौं । सत्ता गठबन्धनबाट छुटेको जनता समाजवादी पार्टी अन्तत ः नेकपा (एमाले) सँग चुनावी तालमेल गर्न पुगेको छ । यी दुई पार्टीबीच १४ जिल्लामा चुनावी तालमेल गर्ने गरी सहमतिपत्र बनाई हस्ताक्षर भएको हो ।

शनिबार दुवै पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएपछि एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

१४ जिल्लाका ५२ निर्वाचन क्षेत्रमा तालमेल गर्ने सहमति भए बमोजिम एमालले जसपालाई १७ स्थानमा सघाउनेछ भने जसपाले एमालेलाई ३५ क्षेत्रमा सघाउने छ ।

मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ६ : ०९ बजे